काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकले काठमाडौं महानगरपालिकाको वडा नं ०७, चाबहिलमा आईतबार उक्त नयाँ शाखा संचालनमा ल्याएको हो ।
बैंकले उक्त नयाँ शाखा संचालनमा ल्याएसँगै बैंकको शाखा संख्या ६६ पुगेको छ ।
बैंकका संचालक समितिका अध्यक्ष सुदिप आचार्य तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा कारोबार शुभारम्भ गरेका थिए ।
बैंकका संचालक चतुराखर अधिकारी, देव कृष्ण काफ्ले, बलराम बराल र विश्वेश्वर सुवेदीको उपस्थितिमा भएको उक्त कार्यक्रममा प्रमुख कार्यकारी अधिकृतले उक्त शाखा राजधानीको लागि पाँचौ शाखा भएको र थप दुई शाखाहरु पनि शीघ्र सञ्चालनमा आउने बताउँदै काठमाडौं उपत्यकाको व्यापारिक तथा आवसीय क्षेत्र चाबहिलमा शाखा सञ्चालन भएसँगै बैंकले व्यापार विस्तारलाई अझ तिव्रताका साथ अघि बढाउने बताएका छन ।
बैंकले देशका विभिन्न भागहरुमा ६६ वटा शाखा तथा २० वटा एटिएम मार्फत गा्रहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ ।