काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक र प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) बीच सम्झौता भएको छ ।
सम्झौता पछि बैंकको कर्पोरेट तथा सम्पूर्ण शाखामार्फत बैंकका ग्राहकहरmले प्रिमियर इन्स्योरेन्सले प्रदान गर्ने निर्जीवन बीमा सेवा प्राप्त गर्न सक्नेछन ।
बैंकका प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्याल र कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुद्युम्न प्रसाद उपाध्यायले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन ।