Logo

प्रभु बैंकको एक्स्टेन्सन काउण्टर अमलेखगञ्जमा, पेट्रोलियम व्यवसायीले नगद बोक्नु नपर्ने

प्रभु बैंकको एक्स्टेन्सन काउण्टर अमलेखगञ्जमा, पेट्रोलियम व्यवसायीले नगद बोक्नु नपर्ने



काठमाडौं । प्रभु बैंकले बाराको अमलेखगञ्जमा एक्स्टेन्सन काउण्टर संचालनमा ल्याएको छ ।
बैंकले अमलेखगञ्ज स्थित नेपाल आयल निगल लिमिटेडको परिसरमा बैंकले एक्स्टेन्सन काउण्टर संचालनमा ल्याएको हो । नेपाल आयल निगमका क्षेत्रीय प्रमुख प्रदिप कुमार यादवले उक्त काउण्टरको एक कार्यक्रमबीच उद्घाटन गरेका हुन ।

बैंकको सो एक्स्टेन्सन काउण्टर उद्घाटन गर्दै अमलेखगञ्ज निगमका क्षेत्रीय प्रमुख यादवले पेट्रोलियम पदार्थको कारोबार गर्ने डिलर्सहरुलाई पेट्रोलियम पदार्थको कारोबार गर्न सहज हुने बताएका छन ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले अमलेखगञ्जस्थित नेपाल आयल निगमको ईन्धन डिपोेसँग कारोबार गर्ने पेट्रोलियम व्यवसायीहरुको सुविधालाई मध्यनजर गरी बैंकले एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको बताए ।

साथै, अब हरेक पेट्रोलियम व्यवसायीले नगद बोकेरै आउनु नपर्ने, प्रभु बैंकको जुनसुकै शाखा कार्र्यालयबाट नेपाल आयल निगम अमलेखगञ्जको खातामा निःशुल्क रुपमा रकम जम्मा गरी पेट्रोलियम पदार्थको कारोबार गर्न सकिने व्यवस्था बैंकले मिलाएकाले सम्पुर्ण पेट्रोलियम पदार्थको कारोबार गर्ने व्यवसायीहरुलाई कारोबारमा सहज हुने शेरचनले जानकारी दिएका छन ।

बैंकको अमलेखगञ्जस्थित एक्स्टेन्सन काउण्टर कार्यालयबाट विशेष गरी पेट्रोलियम पदार्थको कारोबार गर्ने व्यवसायी, स्थानीय सेवाग्राही, सर्वसाधारणहरु, उद्यमी व्यवसायीहरु लगायतले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गर्न सक्नै बैंकको विश्वास रहेको छ ।

प्रतिक्रिया दिनुहोस्