काठमाडौं । कामना सेवा विकास बैंकले सप्तरीको महुली गाँउपालिका ६ मा ६५ औं शाखा विस्तार गरेको छ ।
बैंकका संचालक विश्वेश्वर सुवेदी तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा उद्घाटन गर्दै विस्तारित शाखाको कारोबार सुरु गरेका हुन ।
कार्यक्रममा प्रमुख कार्यकारी अधिकृतले उक्त शाखा प्रदेश नम्बर २ को लागि दोस्रो तथा बैंकले प्रदेश नं १, २ र ५ का विभिन्न शहर तथा ग्रामिण इलाकामा १९ तथा काठमाडौं उपत्यकामा थप ३ वटा गरि २२ वटा शाखाको विस्तार गर्ने तयारीमा रहेको जानकारी दिएका छन ।
बैंकले ६५ शाखा तथा १७ एटिएम मार्फत सेवा दिँदै आईरहेको छ । साथै बैंकले एबीबीएस, एसएमएस, मोबाईल बैंकिङ, सि आश्वा लगायत सम्पूर्ण बैंकिङ सेवा उपलब्ध गराउँदै आईरहेको छ ।