Logo

सिभिल बैंकको सामाजिक उत्तरदायित्व, आँखा अस्पताललाई टिभि प्रदान

सिभिल बैंकको सामाजिक उत्तरदायित्व, आँखा अस्पताललाई टिभि प्रदान



काठमाडौं । सिभिल बैंकले आँखा अस्पताललाई टिभि प्रदान गरेको छ । बैंकले लिमिटेडले आफ्नो आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत बिहीबार एका कार्यक्रमका बीच नेपाल आँखा अस्पताललाई एक थान टिभि प्रदान गरेको हो ।

उक्त टिभि सिभिल बैंकका चिफ बिजिनेस अफिसर सुजित कुमार शाक्यले नेपाल आँखा अस्पतालका प्रमुख कार्यकारी अधिकृत दमन बहादूर घलेलाई हस्तान्तरण गरेका थिए । नेपाल
आँखा अस्पतालले हालै निर्माण गरेको विरामी प्रतिक्षालयमा सो टिभि जडान गर्ने जानकारी दिएको छ ।
बैंक यसै समाजमा संचालित हुने हुँदा समाजलाई थोरै नै भएपनि सहयोग गर्न पाउँदा आफूलाई खुशी लागेको बैंकका चिफ बिजिनेस अफिसर सुजित कुमार शाक्यले बताए ।

सिभिल बैंकले आफ्नो स्थापनाकाल देखि नै संस्थागत सामाजिक उत्तरदायित्वका विविध क्षेत्रमा सहयोग गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL