Logo

गरिमा बिकास बैकले गर्यो मृतक ग्राहकको ऋण मिनाहा, परिवारलाई हस्तान्तरण गर्यौ १ लाख ५० हजार

गरिमा बिकास बैकले गर्यो मृतक ग्राहकको ऋण मिनाहा, परिवारलाई हस्तान्तरण गर्यौ १ लाख ५० हजार



काठमाडौं । गरिमा बिकास बैकले मृतक ग्राहकको १ लाख ४९ हजार १ सय ६४ रुपैयाँ ऋण मिनाहा गरेको छ ।

बैकले कास्कीको पोखरा महानगरपालिका ३२ तल्लोगगनगौंडा निवासी जित बहादुर बिक सुनारको मृत्यु भएकाले सो रकम मिनाहा गरेको जानकारी दिएको छ ।

तल्लोगगनगौंडाको लघुवित्त कार्यक्रममा आवद्ध सदस्य सुनारको नाममा रहेको उक्त ऋण बैंकले मिनाहा गरेको हो ।

साथै बैंकले एक कार्यक्रमबीच सोही रकम बराबरको चेक मृतकको परिवारलाई हस्तान्तरण गरेको तल्लो गगनगौडाका शाखा प्रमुख केश बहादुर गुरुङले बताए ।

बैकले लघुबित्त कार्यक्रममा आवद्ध सदस्यहरुलाई औषधि उपचार खर्च, दैवि प्रकोप खर्च, क्रिया खर्च, शैक्षिक प्रोत्साहन खर्च, केन्द्र तथा सदस्य प्रोत्साहन खर्च समेत दिदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL