Logo

महालक्ष्मी बैंक र महालक्ष्मी लाईफ ईन्स्योरेन्सबीच सम्झौता, बैंकमार्फत बीमा सेवा

महालक्ष्मी बैंक र महालक्ष्मी लाईफ ईन्स्योरेन्सबीच सम्झौता, बैंकमार्फत बीमा सेवा



काठमाडौं । महालक्ष्मी बिकास बैंक र महालक्ष्मी लाईफ ईन्स्योरेन्सबीच बीमा सेवा दिने सम्बन्धी सम्झौता भएको छ ।

बुधबार एक कार्यक्रमका बीच कम्पनी र बैंकबीच कम्पनीका विभिन्न बिमा सेवाहरु बैंकमार्फत उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको हो ।

सम्झौता अनूसार महालक्ष्मी बिकास बैंकले देश भर रहेका आफ्ना १ सय १ शाखाहरुबाट महालक्ष्मी लाईफ इन्स्योरेन्सको जीवन बीमा योजनाहरु बिक्री गर्नेछ ।

महालक्ष्मी लाईफ इन्स्योरेन्सले साबधिक बीमा योजना, डबल बीमा योजना र लगानी फिर्ता बीमा योजना सार्वजनिक गर्दै २०७५ माघ २७ गतेबाट कारोबार प्रारम्भ गरेको छ ।


सम्झौतामा महालक्ष्मी बिकास बैंकका प्रमूख कार्यकारी अधिकृत कृष्णराज लामिछाने र महालक्ष्मी लाईफ इन्स्योरेन्स का प्रमूख कार्यकारी अधिकृत रमेश कूमार भट्टराईले हस्ताक्षर गरेका हुन ।

प्रतिक्रिया दिनुहोस्
MBL