काठमाडौं । लूम्बिनी विकास बैंक लिमिटेडले इनेवल नेपाललाई आर्थिक सहयोग गरेको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहरा तथा मूख्य व्यवस्थापक हरिकृष्ण सूवेदीले संयुक्त रुपमा इनवेल नेपालका अध्यक्ष सुरेन्द्र श्रेष्ठलाई १ लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका हुन ।
बैंकले दिएको उक्त रकमबाट इनेवल नेपालले संचालन गरेको कूहिना भन्दा तलको हात नभएका १६ वर्ष मूनीका वालवालिकाहरुलाई क्यानेडियन प्रविधिको थ्रिडी प्रिन्टेड हात निशूल्क वितरण गर्न खर्च गरिने छ ।
यस किसिमको थ्रिडी प्रिन्टेड हातबाट वालवालिकाले व्यायाम गर्ने, समात्ने, वोक्ने, साईकल चलाउन सक्ने लगायतका कार्यहरु गर्ने सक्ने इनेवल नेपालले जानकारी दिएको छ ।