Logo

आसमान नेपाललाई सिटिजन्स बैंकको सहयोग, बालबालिकाको क्षेत्रमा लगानी

आसमान नेपाललाई सिटिजन्स बैंकको सहयोग, बालबालिकाको क्षेत्रमा लगानी



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ‘आसमान नेपाल’ लाई आर्थिक सहयोग गरेको छ । बैंकले एक कार्यक्रकाबीच नेपाललाई एक लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।

सेन्ट मेरिज स्कूलका भूतपूर्व विद्यार्थीहरूको छाता संगठन आसमान नेपालले करिव २८ वर्ष देखि शिक्षा, स्वास्थ्य, सांस्कृतिक जागरण तथा विकास जस्ता क्षेत्रमा सिमान्तकृत महिलाहरूको सशक्तिकरण तथा बालबालिकाहरूको चौतर्फी विकासका निम्ति विभिन्न परियोजनाहरू संचालन गर्दै आएको छ ।

बैंकले गरेको उक्त सहयोगले महिला तथा बालबालिकाको सशक्तिकरण, सबलिकरण तथा चौतर्फी विकासमा टेवा पुग्ने बैंकले विश्वास लिएको छ । बैंकले ८१ शाखा, ७५ एटिएम तथा ९९ शाखा रहित बैंकिङ मार्फत सेवा प्रदान गर्दै आईरहको छ ।

बैंकले विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधा, अनलाईन सुविधा, रेमिटान्स सेवा, बैंकान्स्योरेन्स, आस्वा लगायतका सेवा उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL