काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्स र सिभिल बैंकबीच बैंकान्स्योरेन्स सम्झौता भएको छ ।
कम्पनीका महाप्रवन्धक शिवराम तिमिल्सीना तथा बैंकका प्रमुख ब्यवसाय अधिकृत सुजित शाक्यले सो सम्झौतामा हस्ताक्षर गरेका हुन ।
सम्झौता पछि बैंकका सम्पूर्ण शाखा मार्फत कम्पनीको जीवन बीमा सेवा पाउन सकिने बैंकले जानकारी दिएको छ ।