Logo

एनआईसी एशिया बैंकको रेमिट अफर, पैसा पठाउँदा शुल्क नलाग्ने

एनआईसी एशिया बैंकको रेमिट अफर, पैसा पठाउँदा शुल्क नलाग्ने



काठमाडौं । एनआईसी एशिया बैंकले निशुल्क विप्रेषण सेवा प्रदान गर्ने भएको छ । बैंकले आन्तरिक विप्रेषण कारोबार गर्दा विप्रेषण कारोबार निःशुल्क प्रदान गर्ने योजना सार्वजनिक गरेको छ ।

बैंकले सार्वजनिक गरेको उक्त योजना भने यही फागुन र चैत गरी दुई महिनाका लागि मात्रै लागु हुने छ । यस अवधिमा बैंकको ग्राहक तथा कुनै पनि व्यक्तिले एनआई एशिया रेमिटमार्फत नेपालभरी कुनै पनि ठाउँमा आन्तरिक विप्रेषण कारोबार गर्दा यो सुविधा प्राप्त गर्न सक्नेछन ।

एनआईसी एशिया रेमिटमार्फत स्वदेशमा आन्तरिक विप्रेषण कारोबार गर्दा न्युन शुल्क लाग्ने अवस्थामा यस योजनाले आन्तरिक विप्रेषण कारोबार गर्ने ग्राहकहरु अझ बढि लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।

एनआईसी एशिया रेमिटमार्फत पठाएको आन्तरिक विप्रेषणको रकम बैंकको सम्पूर्ण शाखा मार्फत प्राप्त गर्न सकिने बैंकले जानकारी दिएको छ । बैंकले २ सय ७६ शाखा, २ सय ८९ एटिएम, ३९ एक्सटेन्सन काउण्टर तथा २३ शाखा रहित बैंकिङ सेवा मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

बैंकको वासलातको आकार २ अर्ब १९ करोड रुपैयाँ भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब १ अर्ब ७६ करोड तथा कुल कर्जा करिब १ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL