काठमाडौं । सिभिल बैंक र सानीमा लाइफ इन्स्योरेन्सबीच जीवन बीमा सम्झौता भएको छ । बैंकले जीवन बीमा सेवालाई विस्तार गर्ने उद्देश्यले सानीमा लाइफ इन्स्योरेन्ससंग सम्झौता गरेको हो ।
बैंकका चिफ बिजिनेस अफिसर सुजित कुमार शाक्य र कम्पनीका महाप्रबन्धक शिवराम तिमल्सिनाले सो सम्झौतामा हस्ताक्षर गरेका छन ।
सम्झौता पछि कम्पनीका जीवन बीमा बैंकका सम्पूर्ण शाखा मार्फत उपलब्ध हुने शाक्यले जानकारी दिएका छन ।
बैंकले यस अघि जीवन बीमा कम्पनी तथा निर्जीवन बीमा कम्पनीहरुसंग सम्झौता गरी जीवन बीमा तथा निर्जीवन बीमा सेवा उपलब्ध गराउँदै आइरहेको छ ।