काठमाडौं । ग्लोबल आइएमई बैंक र युनिभर्सल कलेज अफ मेडिकल साइन्स एण्ड टिचिङ्ग अस्पतालबीच सम्झौता भएको छ ।
दुई संस्थाबीच अस्पतालले प्रदानगर्ने विभिन्न सेवा तथा सुविधाहरुमा दिइने छुट सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो । बैंकले ५ नम्बर प्रदेशका ग्राहकलाई गुणस्तरीय उपचारमा सहुलियत दिने उद्देश्यले अस्पतालसँग दुईपक्षीय सम्झौता गरेको जानकरी दिएको छ ।
उक्त सम्भौतापत्रमा युर्निभर्सल कलेज अफ मेडिकल साइन्स एण्ड टिचिङ्ग अस्पतालका वरिष्ठ प्रशासकिय अधिकृत अजय कुमार पि.एस. र ग्लोबल आइएमई बैंकका भैरहवा शाखाका प्रमुख दिलिप डांगीले हस्ताक्षर गरेका हुन् ।
सम्झौता अनुसार युनिभर्सल कलेज अफ मेडिकल साइन्स एण्ड टिचिङ्ग अस्पतालमा उपचार गराउँदा ग्लोबल आइएमई बैंकबाट डेबिट, क्रेडिट, प्रिभिले कार्ड लिएका बैैंकका ग्राहक तथा ग्लोबल आइएमई बैंकका कर्मचारीले अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा २० प्रतिशत सम्म छुट पाउने छन् ।