Logo

पूर्वाधार विकास बैंकले पायो लाइसेन्स, कहिले आउला संचालनमा ?

पूर्वाधार विकास बैंकले पायो लाइसेन्स, कहिले आउला संचालनमा ?



काठमाडौं । नेपाल राष्ट्र बंकले पूर्वाधार विकास बैंकलाई लाइसेन्स प्रदान गरेको छ । बैंक संचालक समितिको आज (बिहीबार) बसेको बैंठकले पूर्वाधार बैंक संचालनका लागि अनुमति प्रदान गरेको हो ।

पूर्वाधार विकास बैंक स्थापनाका लागि सम्पूर्ण प्रक्रिया पुरा गरेर आवेदन दिएपनि सो सम्बन्धमा बाह्य अभ्यासहरु अध्ययन अनुसन्धान गर्नुपर्ने भन्दै राष्ट्र बैंकले रोकेको थियो । तर, आज बसेको बसेको संचालक समितिको बैंठकले अनुमति प्रदान गरेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

कुल २० अर्ब चुक्ता पूँजी रहेको सो बैंकमा विभिन्न व्यवसायीक घरना, बैंक तथा वित्तीय कम्पनी र सरकारको समेत १० प्रतिशत लगानी रहनेछ । सो बैंक संचालनमा आएसँगै देशमा पूर्वाधार विकास तथा ठूला उद्योग कलकारखाना संचालनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

हाल सबै प्रक्रिया पुरा भएको र राष्ट्र बैंक आज लाईसेन्स प्रदान गरेसँगै अब तत्काल संचालनमा ल्याइने बैंक स्रोतले जानकारी दिएको छ ।

हालै मात्र बैंक संचालक समितिको अध्यक्षमा अनुज अग्रवाललाई नियुक्त गरिएको छ भने प्रमुख कार्यकारी अधिकृतमा अनिल ज्ञवाली रहेका छन् । बैंकको तत्कालिन अध्यक्ष डा. बिमल कोइराला हटेसँगै अग्रवाल अध्यक्ष भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्