Logo

नाफामा सबैलाई उछिन्दै ‘टप लिष्ट’मा उक्लियो राष्ट्रिय बाणिज्य बैंक, अन्य सूचकमा पनि अब्बल

नाफामा सबैलाई उछिन्दै ‘टप लिष्ट’मा उक्लियो राष्ट्रिय बाणिज्य बैंक, अन्य सूचकमा पनि अब्बल



काठमाण्डौ । चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले २ अर्ब ४० करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । पूर्ण सरकारी स्वामित्वको सो बैंकले नियामकिय समायोजन पछि वितरण योग्य नाफा नै २ अर्ब १७ करोड रुपैयाँ आर्जन गर्न सफल भएको छ । गत बर्षको सोही अबधिमा बैंकको फ्री प्रफिट २२ प्रतिशतले बढ्दा खुद नाफा ३५ प्रतिशतले बढ्न पुगेको छ ।

हालसम्म वित्तीय विवरण सार्वजनिक गरेका बैंकमध्ये राष्ट्रिय बाणिज्य बैंक सबैभन्दा अब्बल देखिएको छ । बैंकले प्रकाशित गरेको वित्तीय विवरण अनुसार नाफा आर्जन, निक्षेप संकलन, पूँजी परिचालन, सिसिडीलगायत सबै सूचकांकहरुमा अन्य बैंकभन्दा अब्बल देखिएको छ ।
समीक्षा अवधिमा बैंकले निक्षेप संकलन तथा कर्जा विस्तारलाई उच्च प्राथमिकता साथ अघि बढाएको छ ।

सो अबधिसम्म आईपुग्दा बाणिज्य बैंकहरुमा सबैभन्दा १ खर्ब ८१ अर्ब बढी निक्षेप संकलन गरी १ खर्ब ३४ अर्ब रुपैयाँ कर्जा प्रबाह गरेको छ । यो वृद्धिदर गत बर्षको सोही अबधिको तुलनामा निक्षेप संकनमा २१ दशमलव ७९ प्रतिशत र कर्जा प्रबाहमा २१ दशमलव ८९ प्रतिशतले बढी हो ।

जसका कारण सो अबधिमा बैंकले ७ अर्ब २३ करोढ रुपैयाँ ब्याज आम्दानी गरेको छ भने आफ्नो संचालन मुनामाफामा पनि उच्च प्रगति हासिल गरेको छ । वित्तीय विवरण अनुसार बैंकको संचालन मुनाफा ५२ प्रतिशतले बढे ३ अर्ब ४३ करोड रुपैयाँ पुगेको देखिन्छ । बैंकको कस्ट अफ फण्ड पनि ज्यादै न्यून अर्थात ३ प्रतिशत मात्र रहेको छ ।

बैंकको नाफामा वृद्धिका साथै रिजर्भ फण्ड पनि उच्च रुपमा बढेको छ । गत बर्षको सो अबधिमा बैंकको रिजर्भ ३ अर्ब ६७ करोड रहेकोमा अहिले १२ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ ।

समस्यामा रहेको एनआईडीसी डेभलपमेन्ट बैंकलाई एक्वाएर गरेको सो बैंकको खराब कर्जा भने केही बढ्न पुगेको छ । एनआईडीसीको उच्च खराब कर्जाका कारण सो अबधिसम्म आईपुग्दा बैंकको खराब कर्जा ३ दशमलव ११ प्रतिशतबाट बढेर कुल कर्जा प्रबाहको ३ दशमलव ४० प्रतिशत पुगेको छ ।

बजारमा लगानी योग्य पूँजीको अभाव रहेको बेला बाणिज्य बैंकको सीसीडी रेसियोबाट ६९ दशमलव २४ प्रतिशत मात्र रहेको छ । सो अबधिमा बैंकले आफ्नो प्रतिसेयर आम्दानीलाई पनि उच्च रुपमा बढाउँदै ५३ रुपैयाँ ५३ पैसा पुर्याएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL