Logo

सानिमा बैंकका एकैदिन २ शाखा विस्तार, शाखा संख्या ७६ पुग्यो

सानिमा बैंकका एकैदिन २ शाखा विस्तार, शाखा संख्या ७६ पुग्यो



काठमाडौं । सानिमा बैंकले एकैदिन २ नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकले बुधबार कार्यक्रमको आयोजना गर्दै कान्तिपथ र भक्तपुरको गठ्ठाघरमा ७५ र ७६औँ शाखा कार्यालय संचालनमा ल्याएको हो ।

उक्त शाखाहरुको सानिमा बैंकका अध्यक्ष विनय कुमार श्रेष्ठ तथा ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यले गरेका हुन ।

समुद्घाटन समारोहमा सानिमा बैंकका अध्यक्ष विनय कुमार श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्दै समस्त ग्राहक वर्गको थप सेवा तथा सुविधाका लागि सानिमा बैंकले शाखा बिस्तार गर्दै जाने नीति लिएको जानकारी दिएका छन ।

सानिमा बैंकको उक्तशाखा समेतगरी हाल सम्म ७६ वटा शाखा संजाल तथा ७२ वटा एटिएम रहेका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL