काठमाडौं । कृषि विकास बैंकले चालू आर्थिक बर्षको ६ महिनामा १ अर्ब ३६ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । बैंकको यो नाफा गत बर्षको सोही अबधिको तुलनामा ३२ प्रतिशतभन्दा बढी हो ।
बैंकले आफ्नो कर्जा विस्तारमा अग्रसरता देखाएसँगै नाफामा वृद्धि भएको हो । सो अबधिमा बैंकले आफ्नो कर्जा विस्तार १६ दशमलव ५० प्रतिशतले विस्तार गर्दै १ खर्ब ७ करोड रुपैयाँ पुर्याएको छ । यसैगरी सो अबधिमा निक्षेप संकलन पनि १२ प्रतिशतले बढेर १ खर्ब १० करोड रुपैयाँ पुगेको छ ।
चुक्ता पूँजी १३ अर्ब ९३ करोड रुपैयाँ बैंकको जगेडा कोषमा भने १४ अर्ब २२ करोड रुपैयाँ जम्मा भएको छ । सो अबधिमा बैंकको पूँजी कोष अनुपात बढेर १८ दशमलव ९७ प्रतिशत पुगेको छ ।
बैंकको कर्जा विस्तारसँगै खराब कर्जा पनि बढेको छ । हाल बैंकको खराब कर्जा गत बर्षको तुलनामा शुन्य दशमलव ५५ प्रतिशत विन्दुले बढेर साढे चार प्रतिशत पुगेको छ । हाल बैंकको प्रति सेयर आम्दानी २८ रुपैयाँ रहेको छ ।