Logo

बजारमा ब्याजदर बढेसँगै राष्ट्र बैंकको हस्तक्षेप, मंगलबार पनि १५ अर्बको रिपो जारी

बजारमा ब्याजदर बढेसँगै राष्ट्र बैंकको हस्तक्षेप, मंगलबार पनि १५ अर्बको रिपो जारी



काठमाडौं । पछिल्लो समय बजारमा ब्याजदर उकालो लागेसँगै नेपाल राष्ट्र बैंकले हस्तक्षेपकारी नीति अबलम्बन गरेको छ । उच्च अन्तर बैंक ब्याजदर तथा अन्य ब्याजदरमा वृद्धिभएसँगै राष्ट्र बैंकले पछिल्लो समय रिपो जारीलाई उच्च प्राथमिकता दिएको छ ।

गत हप्ता ५ अर्ब रुपैयाँको रिपो जारी गरेको राष्ट्र बैंकले आज पुनः १५ अर्ब रुपैयाँको रिपो जारी गरेको हो । पछिल्लो समय बजारमा समग्ररुपमा ब्याजदर बढ्दै गएपछि त्यसमा हस्तक्षेप गरी स्थायित्व प्रदान गर्न रिपो जारीलाई प्राथमिकता दिएको नेपाल राष्ट्र बैंकको सार्वजनिक ऋण ब्यवस्थापन विभागका कार्यकारी निर्देशक नरबहादूर थापाले जानकारी दिए ।

‘अहिले बजारमा अन्तरबैंक ब्याजदर ६ प्रतिशतभन्दा माथी पुगिसक्यो भने सोही अनुपातमा अन्य ब्याजदर पनि बढेको छ,’ उनले भने, ‘त्यस्तो ब्याजदर थप नबढोस बढेर हामीले रिपो जारीलाई प्राथमिकता दिएका हौं ।’

राष्ट्र बैंकले आज एकहप्ताको लागि १५ अर्ब रुपैयाँको रिपो जारी गरेको छ । जसको आधार ब्याजदर ५ प्रतिशत रहेको छ । अघिल्लो हप्ता जारी गरेको ५ अर्बको रिपो पुरै बिक्री भएपछि आजलाई १५ अर्बको रिपो जारी गरेको हो । जसमा क, ख र ग बर्गका बैंक तथा वित्तीय संस्थाले अक्सन प्रक्रियाबाट खरिद गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL