Logo

एनआईसी एशिया ‘रन फर हेल्थ’ प्रतियोगिता सम्पन्न, बिजेताले पाए ३२ इन्चको टिभी

एनआईसी एशिया ‘रन फर हेल्थ’ प्रतियोगिता सम्पन्न, बिजेताले पाए ३२ इन्चको टिभी



काठमाडौं । एनआईसी एशिया बैंकको ‘एनआईसी एशिया रन फर हेल्थ’ विराट नगरमा सम्पन्न भएको छ ।

उक्त दौड प्रतियोगितामा करिब १ हजार जना विद्यार्थीहरुको सहभागि भएको बैंकले जानकारी दिएको छ । उक्त प्रतियोगितामा छात्रतर्फ सिटि कलेज विराटनगरका सुम्रित यादवले उपाधी हात पारेका छन भने छात्रा तर्फ अर्किड कलेजकी ज्योति त्रितालले उपाधी हात पारेकी छिन ।

सो प्रतियोगिता विराटनगर प्लाटिनम राउण्ड टेबल ११ र विराटनगर लेडिज सर्कल–५ को सहकार्यमा सम्पन्न भएको थियो । राष्ट्रिय अर्वुदरोग निवारण दिवस को पुर्वसन्ध्यामा गरेको सो प्रतियोगिताले सर्वसाधारणमा जनचेतना जगाउने कार्यक्रममा संयोजक विकास बेगबानीले बताए ।
करिब ५ किलोमिटर दुरीको सो प्रतियोगितामा प्रदेश नं. १ का संघीय संसदका सांसद मोती दुगड र विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीज्युले उद्घघाटन गरेका हुन ।

प्रतियोगितामा छात्रतर्फ मेरील्याण्ड कलेजका समिर क्षेत्री दोश्रो र नगरग्राम उच्च माविका चिर्पा शेर्पा तेश्रो भएका थिए भने छात्रा तर्फ सिटि कलेजकी श्रीसन घिमिरे दोश्रो र अर्किड कलेजकी रंजिता माझी तेश्रो भएकी थिईन । बिजेता खेलाडीहरुलाई क्रमशः ३२ इन्चको टेलिभिजन, माइक्रोवेभ ओभन र भ्याकुम क्लिनर प्रदान गरिएको थियो ।

बैंकले २ सय ७५ शाखा, २ सय ८९ एटिएम, ३९ एक्स्टेन्सन काउण्टर तथा २३ शाखारहित बैंकिङ मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।
बैंकको वासलातको आकार २ अर्ब १८ करोड रुपैयाँ भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब १ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ । बैंकको कुल कर्जा भने करिब १ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL