काठमाडौं । सिभिल बैंक लिमिटेडले नयाँ बचत खाता योजना संचालनमा ल्याएको छ । बैंकले आईतबार एक कार्यक्रमका बीच ‘सम्मान बचत खाता’ संचालनमा ल्याएको हो ।
बैंकले उक्त बचत खाता मार्फत ७ लाख रुपैयाँ सम्मको दूर्घटना मृत्यू/अपांग बीमा तथा अस्पताल भर्ना भई लागेको १ लाख रुपैयाँ सम्मको औषधोपचार खर्चको बीमा पनि निःशुल्क रुपमै उपलब्ध गराउने भएको छ ।
उक्त योजनामा ग्राहकहरुले बीमाका सुविधाहरु प्राप्त गर्न आफ्नो बचत खातामा राख्नुपर्ने रकमको कुनै बन्देज नरहेको कुरा पनि बैंकले जानकारी दिएको छ ।
न्यूनतम मौज्दात शुन्य रहेको उक्त बचत खातामा ग्राहकहरुका लागि निःशुल्क चेक बुक, एटीएम कार्ड, मोबाइल बैंकिङ सेवा, इन्टरनेट बैंकिङ, रेमिटेन्स सुविधा, ओभरड्राफ्ट कार्ड लगायत सुविधा रहेका बैंकले जानकारी दिएको छ ।