Logo

लूम्बिनी जनरल इन्स्योरेन्स र कामना सेवा विकास बैंकबीच सम्झौता, बैंकका शाखाबाट बीमा पोलिसी

लूम्बिनी जनरल इन्स्योरेन्स र कामना सेवा विकास बैंकबीच सम्झौता, बैंकका शाखाबाट बीमा पोलिसी



काठमाडौं । कामना सेवा विकास बैंक र लुम्बिनी जनरल इन्स्योरेन्सबीच सम्झौता भएको छ । बुधबार बैंक र कम्पनीबीच बीमा सेवा उपलब्ध गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्ष्ँर भएको हो ।

उक्त सम्झौता अनुसार अब कामना सेवा विकास बैंकका ग्राहकहरुले मुलुकभर फैलिएका ६४ वटै शाखाहरुबाट सहज रुपमा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको निर्जीबन बीमा पोलिसिहरु खरिद गर्न सक्नेछन ।

सम्झौतासँगै बैंकको व्यवसाय प्रवर्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरु लाभान्वित हुने बैंकले जानकारी दिएको छ ।

सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत प्रविण वस्नेत र लुम्बिनी जनरल ईन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नुर प्रकाश प्रधानले हस्ताक्ष्ँर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्