Logo

६ महिनामा कति कमाए सानिमा र सनराईज बैंकले ?, यस्तो छ तथ्याँक

६ महिनामा कति कमाए सानिमा र सनराईज बैंकले ?, यस्तो छ तथ्याँक



काठमाडौं । सानिमा बैंकले चालु आर्थिक बर्षको ६ महिनामा ९८ करोड २० लाख रुपैयाँ नाफा कमाएको छ । बैंकले अघिल्लो बर्षको साही अवधिको तुलनामा आफ्नो नाफा १८ दशमलव २५ प्रतिशतले वृद्धि गरेको छ

बैंकले गएको ६ महिनामा खुद व्याज आम्दानी ४१ प्रतिशतले बढाएर एक अर्ब ९० करोड रुपैयाँ पुर्याएको छ ।

बैंकले पुससम्ममा निक्षेप संकलन भने ८५ अर्ब ६८ करोड रुपैयाँ र ७७ अर्ब २२ करोड रुपैयाँ ऋण लगानी गरेको छ ।

यस्तै सनराईज बैंकले गएको ६ महिनामा ७९ करोड २७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

बैंकले खुद व्याज आम्दानी ३५ प्रतिशतले बढाएर एक अर्ब ७२ करोड रुपैयाँ पुर्याउँदै ७६ अर्ब ६ करोड रुपैयाँ निक्षेप संकलन गरि ६७ अर्ब ७५ करोड रुपैयाँ ऋण विस्तार गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL