काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले चालू आर्थिक बर्षको पहिलो ६ महिनामा १ अर्ब ९९ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । तर, नियामकिय प्रावधान अनुसार सो नाफा १ अर्ब ७४ करोड रुपैयाँ मात्र हुनेछ ।
बैंकले गत आबको सोही अबधिमा १ अर्ब ८३ करोड रुपैयाँ नाफा गरेको थियो । तर, यो आबमा नियामकिय व्यवस्था अन्तर्गत २४ करोड छुट्याउने परेकाले गत आबको भन्दा नाफा घटेको देखिएको हो ।
बैंकले सो अबधिसम्म आईपुग्दा १ खर्ब ४२ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २७ अर्ब रुपैयाँ कर्जा प्रबाह गरेको छ । हाल बैंकको चुक्ता पूँजी १२ अर्ब ६२ करोड चुक्ता पुँजी रहेको छ भने रिजर्ब कोषमा पनि १२ अर्ब रुपैयाँ नै रहेको छ ।
बैंकको प्रति सेयर आम्दानी ३४ रुपैयाँ १४ पैसा रहेको छ । यसैगरी खराब कर्जा कुल कर्जा प्रबाहको २ प्रतिशत रहेको छ भने कर्जा निक्षेप अनुपात ७६ दशमलव ४३ प्रतिशत रहेको छ ।