Logo

एनआईसी एसिया बैंकको ४ अर्बको ऋणपत्र बिक्री खुल्यो, न्युनतम २५ कित्ता आवेदन दिन सकिने

एनआईसी एसिया बैंकको ४ अर्बको ऋणपत्र बिक्री खुल्यो, न्युनतम २५ कित्ता आवेदन दिन सकिने



काठमाडौं । एनआईसी एसिया बैंकले ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र (डिबेञ्चर) निष्कासन गरेको छ । बैंकले आजदेखि प्रतिकित्ता १ हजार रुपैयाँ दरका ४० लाख कित्ता ऋणपत्र निष्कासन गरेको हो ।

सो ऋणपत्रले न्युन जोखिम अर्थात न्युन जोखिम जनाउने केयर रेटिङ नेपालबाट ‘ए ग्रेडिङ’ प्राप्त गरेको छ ।

बैंकले आर्थिक वर्ष ०८५÷०८६ सम्मका लागि उक्त ऋण पत्र जारी गरेको छ । १० वर्षका लागि निष्कासन गरिएको सो ऋणपत्रको ब्याजदर १० प्रतिशत रहेको छ । ऋणपत्र निष्कासन छिटोमा माघ १६ र ढिलामा फागुन १३ गतेसम्म आवेदन दिन सकिने बैंकद्वारा जारी सुचनामा उल्लेख छ ।

सो ऋणपत्रका लागि न्युनतम २५ देखि अधिकतम २० लाख कित्तासम्म आवेदन दिन सकिने छ । कुल निष्कासनको ४० प्रतिशत सर्वसाधारण र बाँकी ६० प्रतिशत संस्थागत लगानीकर्तालाई ऋणपत्र बिक्री गर्नेछ । ऋणपत्र नेप्सेमा सूचीकृत भई खरिदबिक्री गर्न सकिने तथा आवश्यक परे धितो राखेर ऋण पनि लिन सकिने छ ।

ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैङ्किङ लिमिटेडलाई नियुक्त गरिएको छ । ऋणपत्रबाट संकलन भएको रकममध्ये ८० प्रतिशत कर्जासापटी, १० प्रतिशत विभिन्न क्षेत्रमा लगानी, ५ प्रतिशत रकम शाखा विस्तार र बाँकी ५ प्रतिशत विविध क्षेत्रमा लगानी गरिने भएको छ । यसअघि बैंकले गत भदौमा पनि ऋणपत्र निष्कासन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL