Logo

राष्ट्रिय बाणिज्य बैंकले मनायो ६४ औं बार्षिकोत्सव, ३ स्मार्ट ब्रान्च संचालनमा

राष्ट्रिय बाणिज्य बैंकले मनायो ६४ औं बार्षिकोत्सव, ३ स्मार्ट ब्रान्च संचालनमा



काठमाडौं । राष्ट्रिय बाणिज्य बैंकले बिहीबारदेखि आफ्ना ३ शाखालाई स्मार्ट ब्रान्चको रुपमा संचालनमा ल्याएको छ । बैंकले आफ्नो ६४ औँ बार्षिकोत्सव कार्यक्रममा नक्साल, पुल्चोक र हेटौडा शाखालाई स्मार्ट साखाको रुपमा संचालनमा ल्याएको हो ।

बार्षिकोत्सव कार्यक्रममा बोल्दै बैंकका संचालक समितिका अध्यक्ष महेन्द्रमान गुरुङले विगत १० वर्ष यता देखि बैंकको सवै वित्तीय सुचकहरु सकारात्मक ढगंले अगाडी बढिरहेको बताएका छन ।

यस्तै कार्यक्रममा कार्यवाहक प्रधानमन्त्री एवं रक्षा मन्त्री ईश्वर पोखरेलले सम्बृद्ध नेपाल सुखी नेपाली अभियानको सफलताको लागि सवै स्थानीय तहमा मात्र नभई हरेक वडा वडामा बैंकको शाखा पुग्नुपर्ने र बैंकहरुले नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम विपन्नवर्ग, उत्पादनशील क्षेत्र तथा पूर्वाधार र युवास्वरोजगारकोे क्षेत्रमा प्राथमिकताका साथ कर्जा लगानी गर्नुपर्ने बताए ।

यस्तै कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले नेपालको आर्थिक विकासमा रावा बैंकले खेलेको भुमिकाको सराहना गर्दै यो बैंक नेपालका अन्य वाणिज्य बैंकहरुको तुलनामा अग्रणि रहेका बताए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकको वर्तमान स्थिति र समग्र योजनाको बारेमा जानकारी गराउँदै २०७५ पुस मसान्तसम्म बैंकले १ खर्व ८२ अर्व रुपैंया निक्षेप संकलन गरी १ खर्व ३४ अर्ब रुपैंया कर्जा लगानी गरेको जानकारी दिए । बैैंकले यस अवधिमा खुद मुनाफा १ अर्व ९६ करोड रुपैंया पु¥याएको र कूल सम्पत्ती २ खर्व ४ अर्ब रुपैंया पूगेको बताए ।

प्रतिक्रिया दिनुहोस्