Logo

सिटिजन्स बैंकले पायो साफा बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड, यस्तो छ पुरस्कार

सिटिजन्स बैंकले पायो साफा बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड, यस्तो छ पुरस्कार



काठमाडौं । सिटिजन्स बैंकलाई साउथ एशियन फेडरेसन अफ अकाउन्ट्स (साफा) ले साफा बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट २०१७ अवार्ड प्रदान गरेको छ । संघले मंगलबार भारतको पुनेमा आयोजित एक कार्यक्रममा बैंकलाई उक्त अवार्ड प्रदान गरेको हो ।

यस्तै संघले बैंकलाई प्राईभेट सेक्टर बैंकको विधामा भने सर्टिफिकेट अफ मेरिट प्रदान गरेको छ ।

सार्क क्षेत्रमा क्रियाशील रहेका व्यावसायिक लेखा निकायहरूको छाता संगठनको रूपमा स्थापित साफाले हरेक वर्ष दक्षिण एसियामा प्रकाशित वार्षिक प्रतिवेदनहरुको मूल्यांकन गरी विभिन्न विधामा पुरस्कार वितरण गर्दै आईरहेको छ ।

साफाले उक्त पुरस्कार वार्षिक लेखा प्रतिवेदनमा समावेश भएका उद्देश्य, जोखिम व्यवस्थापन, लेखा सम्बन्धि टिप्पणी, पारदर्शिता, जवाफदेहीता, संस्थागत सुशाशन लगायतका आधारमा मूल्यांकन गरी उत्कृष्ट छनौट भएको वार्षिक प्रतिवेदनलाई दिने पुरस्कार हो ।

प्रतिक्रिया दिनुहोस्
MBL