Logo

६ महिनामा कुमारी बैंकले कमायो ६७ करोड, ब्याज आम्दानी र खराब कर्जा उठौतीमा सुधार

६ महिनामा कुमारी बैंकले कमायो ६७ करोड, ब्याज आम्दानी र खराब कर्जा उठौतीमा सुधार



काठमाडौं । कुमारी बैंकले चालु आर्थिक वर्षको पुुस मसान्तसम्ममा ६७ करोड ६२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । यो नाफा गत आबको सोही अबधिको तुलनामा ३२ प्रतिशतले बढी हो । बैंकको सो नाफा नियामकिय समायोजन पछि ६० करोड ३८ लाख रुपैयाँ वितरण योग्य हुनेछ ।

बैंकको व्याज आम्दानीमा वृद्धि र खराब कर्जा उठौतीमा सुधार भएसँगै नाफा बढ्न पुगेको हो । सो अबधिमा बैंकले आफ्नो खुद व्याज आम्दानी करिब ६७ प्रतिशतले बढाएर १ अर्ब ५१ करोड रुपैयाँ पुयाएको छ । यसैगरी सो अबधिमा बैंकले आफ्ना खराब कर्जालाई पनि कुल कर्जा प्रबाहको १ दशमलव २२ प्रतिशतमा झारेको छ ।

सो अबधिसम्म आईपुग्दा बैंकको निक्षेप बडेर ७५ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ भने कर्जा लगानी ७० अर्ब ७७ करोड रुपैयाँ पुगेको छ । सो अबधिसम्म आईपुग्दा बैंकको प्रतिसेयर आम्दानीमा सामान्य वृद्धि भई १८ रुपैयाँ ६२ पैसा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्