Logo

सिभिल बैंक र एशियन लाइफबीच सम्झौता, बैंकका शाखा मार्फत बीमा सेवा

सिभिल बैंक र एशियन लाइफबीच सम्झौता, बैंकका शाखा मार्फत बीमा सेवा



काठमाडौं । सिभिल बैंक लिमिटेड र एशियन लाइफ इन्स्योरेन्सबीच सम्झौता भएको छ । बैंकले जीवन बीमा सेवालाई विस्तार गर्ने उद्देश्यले सो कम्पनीसँग सम्झौता गरेको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र एशीयन लाइफका प्रमुख कार्यकारी अधिकृत राजेश कुमार श्रेष्ठले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेको बैंकले जानकारी दिएको छ ।

सम्झौता पछि कम्पनीका बीमा सेवा बैंकका सम्पूर्ण शाखा मार्फत सहज तरिकाले उपलब्ध हुने बैंकका प्रमुख कार्यकारी अधिकृत गुरुङले जानकारी दिएका छन ।

बैंकले यस अघि पनि जीवन बीमा कम्पनीहरु तथा निर्जीवन बीमा कम्पनीहरुसँग सम्झौता गरी बीमा सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्