काठमाडौं । राष्ट्रिय बाणिज्य बैंकले एकैसाथ ३ नयाँ शाखा कार्यालयहरुको विस्तार गरेको छ । बैंकले काठमाडौंस्थित बौंद्ध, जाजरकोट भेरी नगरपालिकास्थित गौरीखाली र रुकुम पूर्व जिल्लाको सिस्ने गांउपालिकामा गरी ३ स्थानमा नयाँ शाखा कार्यालयहरुको स्थापना गरेको हो ।
बैंकले उक्त ३ नयाँ शाखा संचालनमा ल्याएसँगै शाखा कार्यालयहरुको संख्या २ सय १५ पुर्याएको छ ।
बैंकले आधुनिक इलेक्ट्रोनिक उपकरणहरुको अधिकतम प्रयोग गर्ने गरी पहिलो चरणमा बैंकका तीनवटा शाखा कार्यालय नक्साल, पुल्चोक र हेटौंडालाई स्मार्ट ब्रान्चको रुपमा शुभारम्भ गर्ने भएको छ । बैंकले उक्त स्मार्ट बैंकहरुकोे आफ्नो ५४ औं वार्षिकोत्सव (माघ १० गते) को अवसरमा शुभारम्भ गर्ने जानकारी दिएको छ ।
स्मार्ट ब्रान्चबाट शाखा अख्तियारी भित्रका ३० लाख रुपैंया सम्मका ब्यवसाय कर्जा, २५ लाख रुपैंया सम्मको घर कर्जा, २० लाख रुपैंया सम्मको गाडी कर्जाहरु सबै कागजात प्राप्त भएको ७ दिन भित्र लगानी गरिने बैंकले जानकारी दिएको छ ।