Logo

नेपाल ईन्भेष्टमेण्ट बैंकको ३२ औं साधारण सभा सम्पन्न, सेयरधनीलाई ४० प्रतिशत लाभांस

नेपाल ईन्भेष्टमेण्ट बैंकको ३२ औं साधारण सभा सम्पन्न, सेयरधनीलाई ४० प्रतिशत लाभांस



काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकले आफ्नो ३२ औं बार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

बैंकको साधारण सभाले संचालक समितिका अध्यक्ष पृथ्वीबहादुर पाडेँको अध्यक्षतामा संचालक समितिको प्रतिवेदन पारित गर्नुका साथै नेपाल राष्ट्र बैंकको निर्देशानुसार तयार वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेका हो ।

साधारणसभाले २०७४ ७५ सम्मको संचित मुनाफाबाट २०७५ आषाढ मसान्तसम्ममा कायम शेयर पूँजीको १८ प्रतिशत बोनस शेयर र २२ प्रतिशत नगद लाभाश गरी ४० प्रतिशत लाभांस दिने प्रस्ताव समेत पारित गरेको छ ।

बैंकको चुक्ता पूँजी १२ अर्ब ५८ करोड (पारित १८ प्रतिशत बोनस सहित) पुगेको छ । त्यसै गरी बैंकको जगेडा तथा कोषको रकम पनि बढेर ९ अर्ब ७७ करोड पुगेको छ भने शेयरधनी कोष रकम २४ अर्ब ८७ करोड पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL