Logo

सिटिजन्स बैंकको प्रदेश नं ३ को प्रादेशिक कार्यालय आफ्नै भवनमा, बिहीबारबाट कारोबार सुरु

सिटिजन्स बैंकको प्रदेश नं ३ को प्रादेशिक कार्यालय आफ्नै भवनमा, बिहीबारबाट कारोबार सुरु



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले प्रदेश नं ३ को प्रादेशिक कार्यालय आफ्नै सुविधा सम्पन्न भवन काठमाडौँको डिल्लीबजारमा स्थापना गरेको छ ।

एक कार्यक्रमकाबीच बैंकका संचालक समितिका अध्यक्ष डा. शंकर प्रसाद शर्माले ताम्रपत्र अनावरण गरी उक्त प्रादेशिक कार्यालयको उद्घाटन गरेका छन ।

प्रदेश नं ३ अन्तरर्गत बैंकका ३४ वटा शाखाहरुबाट व्यापार बिस्तारका साथै शाखाहरुसँगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवम गुनासो सुनुवाई लगायतका कार्यहरु प्रादेशिक कार्यलयले गर्ने बैंकले जानकारी दिएको छ ।

प्रदेश न ३ मा बैंकले करिव ५७ अर्ब निक्षेप परिचालन गरी ४५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकले यस अघि प्रदेश नं १ को बिराटनगरमा, २ को बीरगंजको आदर्शनगरमा, ४ को पोखराको सिमलचौरमा, ५ को नेपालगंजमा, ६ को सुर्खेतमा र प्रदेश नं ७ को धनगढीमा प्रादेशिक कार्यालय स्थापना गरिसकेको छ ।

बैंकले ८१ शाखा, ७५ एटिएम र ९९ शाखा रहित बैंकिङ सेवा मार्फत सेवा प्रदान गर्दै आईरहेको छ । बैंकले विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिटान्स सेवा, बैंकास्योरेन्स, आस्वा लगायतका सुविधा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्