Logo

सिटिजन्स बैंक प्रदेश ५ को प्रादेशिक कार्यालय आफ्नै भवनमा, आजैबाट संचालन

सिटिजन्स बैंक प्रदेश ५ को प्रादेशिक कार्यालय आफ्नै भवनमा, आजैबाट संचालन



काठमाडौं । सिटिजन्स बैंकले प्रदेश नं ५ को प्रादेशिक कार्यालय आफ्नै भवन नेपालगंजमा स्थापना गरेको छ । बैंकले आईतबार एक कार्यक्रमका बीच उक्त प्रादेशिक भवन संचालनमा ल्याएको हो ।

उक्त कार्यालयको उद्घाटनमा प्रदेश नं ५ का उच्चपदस्थ सरकारी कर्मचारी, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति रहेको बैंकले जानकारी दिएको छ ।

प्रदेश नं ५ अन्तर्गत बैंकका ११ वटा शाखाहरु (बढैेयाताल, बंगलाचुली, भुमही, भुमे, बुटवल, छहरा, घोराही, झिमरुक, नेपालगंज, सानोश्री तथा सिद्धार्थनगर ) बाट व्यापार बिस्तारका साथ साथै शाखाहरुसंगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवम गुनासो सुनुवाई जस्ता कार्यहरू प्रादेशिक कार्यालयले छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा सम्पादन गर्ने विश्वास बैंकले लिएको छ ।

बैंकले हाल नेपालभर ८१ वटा शाखा, ७५ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ एकाईमार्फत बैंकिङ सेवा दिइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL