Logo

मुक्तिनाथ विकास बैंकको १३ औं वार्षिक उत्सव, देसभर सामाजिक उत्तरदायित्वका कार्यक्रम

मुक्तिनाथ विकास बैंकको १३ औं वार्षिक उत्सव, देसभर सामाजिक उत्तरदायित्वका कार्यक्रम



काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व सहित तेह्रौं वार्षिकोत्सव मनाएको छ । बैंकले उक्त अवसरमा अफ्ना विभिन्न शाखाहरुमार्फत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु गर्दै बार्षिकोत्सव मनाएको हो ।

बैंकको सिराहा स्थीत गोलबजार र कास्कीको बुढीबजारशाखाले शाखा वरिपरीका टोल तथा बजारमा १०÷१० वटा डस्टबीन वितरण, रुपन्देहीको भैरहवा र कोटिहवाशाखा तथा स्याङ्गजाको चापाकोट र गल्याङ्ग शाखाहरुले नजिकका वृद्धाश्रम तथा अनाथालयमा ब्ल्याङ्गकेट वितरण गरेका हुन ।

यस्तै काठमाण्डौंको कुलेश्वर शाखाले रवि भवनको आमा घरमा खाद्यान्न वितरण, उदयपुरको कटारी शाखाले त्रिवेणी माध्यामिक विद्यालयलाई स्वीटर वितरण, पर्साको वीरगञ्ज शाखाले समता विद्यालयका विद्यार्थीहरुलाई जुत्तामोजा वितरण गर्दै बार्षिकोत्सव मनाएका हुन ।

साथै झापाको विर्तामोड शाखाले अरुणोदय आधारभुत विद्यालयका विद्यार्थीहरुलाई आवश्यक स्टेस्नरी सामान वितरण, सिन्धुलीको कमलामाई शाखाले श्री नवज्योति बहिरा माध्यामिक विद्यालयलाई आवश्यक स्टेस्नरी सामान तथा पानी फिल्टर वितरण, तनँहुको दुलेगौंडा शाखाले वि पि कम्युनिटि हस्पिटललाई १ थान पानी शुद्धिकरण मेसिन वितरण तथा क्षेत्रीय कार्यालय पोखरा अन्तर्गतका शाखा कार्यालयहरुले वास्यान वृद्धाश्रमलाई आवश्यक सामाग्री वितरण तथा वृहत रक्तदान कार्यक्रम गरी मनाएका बैंकले जानकारी दिएको छ ।

बैंकले साप्ताहिक वार्षिकोत्सव विशेष कार्यक्रम हप्ताभरी नै सञ्चालन गर्दै आइरहेको छ र यो कार्यक्रम पौष २२ गतेसम्म जारी रहने बैंकको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्