काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले प्रदेश नं १ को प्रादेशिक कार्यालय बिराटनगरमा स्थापना गरेको छ । बैंकले शुक्रबार उक्त कार्यालयको उद्घाटन गरेका हुन ।
प्रदेश नं १ अन्तरर्गत बैंकका ११ वटा शाखाहरुबाट व्यापार बिस्तारका साथ साथै शाखाहरुसँगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवं गुनासो सुनुवाई जस्ता कार्यहरू प्रादेशिक कार्यालयले सम्पादन गर्ने बैंकको विस्वास रहेको छ ।
बैंकले ८० शाखा, ७५ एटिएम तथा ९९ शाखा रहित बैंकिङ शाखा मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।
बैंकले विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिटान्स सेवा, बैंकान्स्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा एटिएम कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा लगायतका सेवा समेत प्रदान गर्दै आईरहेको छ ।