Logo

ग्लोबल आइएमई बैंकको शाखारहित बैंकिङ सेवा विस्तार, पुग्यो नवलपरासी र पाल्पामा

ग्लोबल आइएमई बैंकको शाखारहित बैंकिङ सेवा विस्तार, पुग्यो नवलपरासी र पाल्पामा



काठमाडौं । ग्लोबल आइएमई बैंकले थप ३ ओटा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।

बैंकले नवलपरासीको बर्दघाट र कावासोती नगरपालिकाको गोछडामा र पाल्पाको रम्भा गाउँपालिकाको हुँगीमा बिहीबार देखि सेवा संचालनमा ल्याएको हो । बैंकको विस्तारित शाखासँगै सेवा शाखा १ सय १५ पुगेको छ ।

हर्बस्टार र गोछडामा खोलिएको शाखारहित बैंकिङ सेवा बैंकको कावासोती शाखा र हुँगीमा खोलिएको शाखारहित बैंकिङ सेवा बैंकको तानसेन शाखाको मातहतमा रहने छन् ।

विस्तारित शाखा मार्फत ग्राहकले निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने लगायतका सेवा लिन सक्ने बैंकले जानकारी दिएको छ ।

बैंकले १ सय ३३ शाखा, १ सय ४१ एटिएम, ७ एक्सटेन्सन काउण्टर, १४ राजश्व संकलन काउण्टर तथा १ सय १५ शाखा रहित बैंकिङ सेवा मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ, मोबाइल, इन्टरनेट बैंकिङ सेवाको साथमा अष्ट्रेलिया, बेलायत र भारतबाट समेत सम्र्पक कार्यालय मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्