Logo

एनआईसी एशियाले ल्यायो ‘साथी’ च्याटबोट संचालनमा, बैंकका जिज्ञासा च्याटमार्फत

एनआईसी एशियाले ल्यायो ‘साथी’ च्याटबोट संचालनमा, बैंकका जिज्ञासा च्याटमार्फत



काठमाडौं । एनआईसी एशिया बैंकले सामाजिक संजालको रुपमा आफ्नो साथी नामक च्याटबोट संचालनमा ल्याएको छ । बैंकले यही मंगलबार बाट आफ्नो ग्राहकका विभिन्न जिज्ञासाको जवाफ दिनलाई फेसबुकमार्फत उक्त च्याटबोटको सुरुवात गरेको हो ।

बैंकको उक्त च्याटबोटमार्फत बैंकका ग्राहकहरुले आफ्नो चाहाना अनुरुपका जिज्ञासाहरुकोे आधिकारीक जवाफ प्राप्त गर्न सक्नेछन ।

बैंकले हाल नेपालभर २ स ७० शाखा कार्यालय, २ सय ८७ एटिएम, ३७ ओटा एक्स्टेन्सन काउन्टर तथा २० ओटा शाखारहित बैंकिङ सेवा मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्