Logo

एनआईसी एशिया बैंकको शाखा इटहरीमा, शाखा संख्या २७० पुग्यो

एनआईसी एशिया बैंकको शाखा इटहरीमा, शाखा संख्या २७० पुग्यो



काठमाडौं । एनआईसी एशिया बैंकले इटहरी उप–महानगरपालिकाको पचरुखीमा शाखा विस्तार गरेको छ ।

बैंकले विस्तार गरेको उक्त शाखाको बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोष कुमार राठीले एक कार्यक्रमकाबीच उद्घाटन गरेका छन ।

बैंकले २ सय ७० शाखा, २ सय ८७ एटिएम, ३७ एक्सटेन्सन काउण्टर तथा २० शाखा रहित बैंकिङ सेवा मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

बैंकको वासलातको आकार २ अर्ब ११ करोड रुपैयाँ भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब १ अर्ब ६९ करोड रुपैयाँ तथा कर्जा १ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL