Logo

एनआईसी एशियाको शाखा भोजपुरको बैकुन्ठेमा, शाखा संख्या २७० पुग्यो

एनआईसी एशियाको शाखा भोजपुरको बैकुन्ठेमा, शाखा संख्या २७० पुग्यो



काठमाडौं । एनआईसी एशिया बैंकले भोजपुरको बैकुन्ठेमा शाखा विस्तार गरेको छ । बैंकले रामप्रसादराई गाउँपालिकाको बैकुन्ठेमा शुक्रबार शाखा विस्तार गरेको हो ।

बैकुन्ठेमा विस्तार गरेको उक्त शाखाको रामप्रसादराई गाउँपालिकाका प्रमुख विजय राईले उदघाटन गरेको बैंकले जानकारी दिएको छ ।
बैंकले २ सय ७० शाखा, २ सय ८७ एटिएम, ३७ एक्सटेन्सन काउण्टर तथा २० शाखा रहित बैंकिङ सेवा मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

बैंकको वासलातको आकार २ अर्ब १२ करोड रुपैयाँ भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब १ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ भने बैंकको ऋण १ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL