काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र सन नेपाल लाइफ इन्स्योरेन्सबीच बैंकान्स्योरेन्सको सम्झौता भएको छ ।
सम्झौता अनुसार ग्राहकले कम्पनीको बिमा लेख, प्रिमियम भुक्तानी, दाबी भुक्तानी लगायत सम्पूर्ण बिमा सेवा बैंकबाट प्राप्त गर्न सकिने छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतम र सन नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्यालले उक्त सम्झौतामा शुक्रबार हस्ताक्षर गरेका छन ।
बैंकले काठमाडौं उपत्यकामा १२ शाखा र ६ एक्स्टेन्सन काउन्टर तथा उपत्यका बाहिर ९५ शाखा र २ एक्स्टेन्सन काउन्टरका साथै १२ वटा शाखारहित बैंकिङ सेवा मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।