Logo

प्राईम बैंकका लगानीकर्तालाई १६ प्रतिशत बोनस सेयर, राष्ट्र बैंकको स्वीकृति पश्चात वितरण

प्राईम बैंकका लगानीकर्तालाई १६ प्रतिशत बोनस सेयर, राष्ट्र बैंकको स्वीकृति पश्चात वितरण



काठमाडौं । प्राईम कमर्सियल बैंकले आफ्ना लगानीकर्तालाई १६ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । वाणिज्य बैंकहरुले आफ्ना लगानीकर्तालाई नगद लाभांस वितरण गरिरहेको अवस्थामा प्राईमले भने पूँजी वृद्धि गर्ने उद्देश्य अनुरुप बोनस सेयर दिने घोषणा गरेको हो ।

बैंक संचालक समितिको बिहीबार बसेको बैंठकले उक्त बोनस सेयर वितरण गर्ने घोषणा गरेको हो । साथै उक्त बोनस सेयरलाई नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात बैंकको आगामाी दिनमा बस्ने बार्षिक साधारणसभाबाट पारित गराएर वितरण गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL