Logo

महालक्ष्मी विकास बैंकको महालक्ष्मी डलर कार्ड संचालनमा, डलर कार्ड भारतमा नचल्ने

महालक्ष्मी विकास बैंकको महालक्ष्मी डलर कार्ड संचालनमा, डलर कार्ड भारतमा नचल्ने



काठमाडौं । महालक्ष्मी विकास बैंकले चिप प्रणालीमा आधारित ‘महालक्ष्मी डलर कार्ड’ संचालनमा ल्याएको छ ।

बैंकले विश्वको जुनसुकै ठाउँबाट कार्ड सम्बन्धी बैकिङ कारोबारलाई अझ सुरक्षित, विश्वसनीय तथा सहज बनाउँदै कार्डबाट हुने कारोबारको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले उक्त कार्ड ल्याएको हो ।

ग्राहकले उक्त कार्ड भने भारत भन्दा बाहेकका अन्य देशहरुमा मात्रै प्रयोग गर्न सकिने बैंकले जानकारी दिएको छ ।

विदेश भ्रमणका लागि तयारी गरेका ग्राहकले अब नेपालबाट रकम बोक्नु नपर्ने, रकम चोरी हुने, मुद्रा सटही कार्यमा ढिलासुस्ती हुने जस्ता समस्याहरुबाट मुक्त हुन पाउने बैंकले विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्