Logo

ज्योति विकास बैंक र सिदार्थ बिजनेस गु्रपबीच सम्झौता, बैंकका कार्डबाहकलाई विशेष छुट

ज्योति विकास बैंक र सिदार्थ बिजनेस गु्रपबीच सम्झौता, बैंकका कार्डबाहकलाई विशेष छुट



काठमाडौं । ज्योति विकास बैंक र सिद्घार्थ बिजनेस गु्रप अफ हस्पिटालिटीबीच सम्झौता भएको छ ।

बैंकले आफ्ना ग्राहक तथा कर्मचारीहरुलाई संस्थाको हरेक होटेल तथा रेस्टुरेन्टका शाखाहरुमा विभिन्न सेवा तथा सुविधाहरुमा विशेष छुटको लागि उक्त सम्झौता गरेको जानकारी दिएका छन ।

सम्झौता पछि होटेल कैलाली सिद्घार्थ टिकापुर, पिस सिद्घार्थ कटेज रेस्टुरेन्ट, नेपालगन्ज, सिद्घार्थ रिसोर्ट चिसापानी, सिद्घार्थ कटेज रेस्टुरेन्ट बुटवल, होटेल सिद्घार्थ, सुन्धारा काठमाण्डौं लगायत १८ ओटा होटेल तथा रेस्टुरेन्टहरुमा विशेष छुट पाउने भएका छन ।

बैंकका नायव महाप्रबन्धक शुशिल कुमार शर्मा र सिदार्थ बिजनेस गु्रपका कर्पोरेट प्रबन्धक सुरज प्याकुरेलले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका छन । बैंकका ग्राहक तथा कर्मचारीहरुले उक्त सेवा लिनका लागि भने एटिएम कार्ड र परिचय पत्र देखाउनु पर्ने छ ।

बैंकले ८३ शाखा तथा २२ एटिएम मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

बैंकले यसै आर्थिक वर्ष भित्र थप ७ वटा नयाँ शाखा तथा थप २७ स्थानमा एटिएम सेवा संचालनमा ल्याउने भएको छ ।
बैंकले २३ अर्ब रुपैयाँ भन्दा बढि निक्षेप संकलन गरी १९ अर्ब रुपैयाँ भन्दा बढि ऋण लगानी गरेको छ ।

बैंकको हालको चुक्तापूँजी २ अर्ब ५९ करोड रुपैयाँ कायम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL