Logo

एनआईसी एशियाको २१ औं साधारणसभा, लगानीकर्तालाई १० प्रतिशत बोनस सेयर

एनआईसी एशियाको २१ औं साधारणसभा, लगानीकर्तालाई १० प्रतिशत बोनस सेयर



काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना सेयर लगानीकर्तालाई १० प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरेको छ । बैंकको बुधबार भएको २१ औं साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम १० प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरेको हो ।

यस्तै बैंकले सो बोनस सेयर वितरण गर्नका लागि र सोमा लाग्ने कर प्रयोजनको लागि शुन्य दशमलव ५२६ प्रतिशत अर्थात ४ करोड २२ लाख ६९ हजार ३७ रुपैयाँ नगद लाभांस वितरण गर्ने निर्णय गरेको छ ।

बैंकको २१ औं वार्षिक साधारण सभाले गत आबको सञ्चालक समितिको वार्षिक प्रतिबेदन पारित गर्नुको साथै लेखापरिक्षण प्रतिवेदन सहित २०७५ आषाढको वासलात र चालु आबको नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरणहरु स्वीकृत गरेको छ ।

साथै साधारण सभाले बैंकको सहायक कम्पनी एनआईसी एशिया लघुवित्त वित्तीय संस्था र एनआईसी एशिया क्यापिटल सहितको गत आबकोे एकिकृत वित्तीय विवरण समेत स्वीकृत गरेको छ ।

सभाले चालु को लागि टिआर उपाध्याय एण्ड कम्पनीलाई बाह्य लेखापरिक्षकमा नियुक्त गरेको बैंकले जानकारी दिएको छ ।

बोनस शेयर वितरण बाट बैंकको साविक अधिकृत पूँजी ८ अर्ब ४ करोड रुपैयाँ लाई वृद्धि गरि ८ अर्ब ८४ करोड रुपैयाँ र साविकको तत्काल चुक्ता पूँजी ८ अर्ब ३ करोड रुपैयाँ लाई वृद्धि गरी ८ अर्ब ८३ करोड बनाउन स्वीकृत प्रदान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL