Logo

सिटिजन्स बैंक र ब्लू क्रस अस्पतालबीच सम्झौता, उपचारमा विशेष छुट

सिटिजन्स बैंक र ब्लू क्रस अस्पतालबीच सम्झौता, उपचारमा विशेष छुट



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र ब्लू क्रस हस्पिटल प्रालिबीच बुधबार सम्झौता भएको छ ।

बैंकका ग्राहकहरुलाई अस्पतालको सेवा शुल्कमा विशेष छुट दिने गरी सम्झौता भएको बैंकले जानकारी दिएको छ ।

बैंकका प्रमुख संचालन अधिकृत पारस कुमार काफ्ले र अस्पतालका व्यवस्थापन समूहका सदस्य सचिव रजत श्रेष्ठले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन ।

सम्झौता पछि बैंकका डेबिट÷क्रेडिट कार्डवाहक ग्राहक तथा परिवारका सदस्यहरुले उक्त अस्पतालमा उपचार गराउँदा तथा अन्य सेवा लिंदा विशेष छुट पाउने भएको छ ।

बैंकले ८० शाखा, ७५ एटिएम तथा ९९ वटा शाखा रहित बैंकिङ सेवा मार्फत सेवा प्रदान गर्दै आईरहेको छ । बैंकले विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधा, रेमिटान्स सेवा, बैंकान्स्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा एटिएम कार्ड सेवा लगायतका सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL