Logo

सिभिल बैंक र ज्योती लाईफबीच जीवन बीमा सम्झौता, सबै शाखा मार्फत बीमा सेवा

सिभिल बैंक र ज्योती लाईफबीच जीवन बीमा सम्झौता, सबै शाखा मार्फत बीमा सेवा



काठमाडौं । सिभिल बैंक र ज्योती लाईफ इन्स्योरेन्सबीच ‘जीवन बीमा’ सम्झौता भएको छ । जीवन बीमा सेवालाई विस्तार गर्ने उद्देश्यले ज्योती लाईफ इन्स्योरेन्ससँग सम्झौता बैंकले जानकारी दिएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र ज्योती लाईफका नायब प्रमुख कार्यकारी अधिकृत प्रकाश खत्रीले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन ।

सम्झौता पछि ज्योती लाईफ इन्स्योरेन्सका जीवन बीमा सिभिल बैंकका सम्पूर्ण शाखा मार्फत प्राप्त गर्न सकिने बैंकका प्रमुख कार्यकारी अधिकृत गुरुङले जानकारी दिएका छन ।

बैंकले चालु आर्थिक वर्षको प्रथम चौमासमा १८ करोड ५० लाख रुपैयाँ नाफा कमाउन सफल भएको छ । गत वर्षको सोही अवधिको तुलनामा ६३ दशमलब ९९ प्रतिशतले बृद्धी भएको हो ।

बैंकको शाखा संख्या भने ७१ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL