Logo

ज्योति विकास बैंक र ओम हस्पिटलबीच सम्झौता, एटिएम कार्डवाहकलाई उपचारमा विशेष छुट

ज्योति विकास बैंक र ओम हस्पिटलबीच सम्झौता, एटिएम कार्डवाहकलाई उपचारमा विशेष छुट



काठमाडौं । ज्योति विकास बैंक र ओम हस्पिटल एण्ड रिसर्च सेन्टरबीच सम्झौता भएको छ । बैंकले आफ्ना ग्राहक तथा कर्मचारीहरुलाई अस्पतालको सेवामा छुट दिनको लागि सो सम्झौता गरेको बैंकले जानकारी दिएको छ ।

बैंकका नायव महाप्रबन्धक शुशिल कुमार शर्मा र अस्पतालका प्रबन्ध सन्चालक बाबु काजी कार्कीले सो सम्झौतामा हस्ताक्षर गरेका छन । सम्झौता पछि अस्पतालका सेवा लिन भने बैंकका ग्राहकले सोही बैंकको एटिएम काड र कर्मचारीहरुले भने बैंकको परिचय पत्र देखाउनु पर्ने छ ।

बैंकले ८२ शाखा तथा २२ एटिएम मार्फत सेवा प्रदान गर्दे आईरहेको छ भने यसै आर्थिक वर्ष भित्र थप ८ वटा शाखा तथा थप २७ स्थानमा एटिएम संचालनमा ल्याउने भएका छन ।

बैंकले २३ अर्ब रुपैयाँ भन्दा बढि निक्षेप संकलन गरी १८ अर्ब ८० करोड रुपैयाँ ऋण प्रवाह गरेको छ । बैंकको हालको चुक्तापूँजी २ अर्व ५९ करोड रुपैयाँ कायम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL