Logo

एनआईसी एशिया र आईएमई लाईफबीच सम्झौता, एनआईसीको शाखामार्फत बीमा खरिद गर्न सकिने

एनआईसी एशिया र आईएमई लाईफबीच सम्झौता, एनआईसीको शाखामार्फत बीमा खरिद गर्न सकिने



काठमाडौं । एनआईसी एशिया बैंक र आईएमर्ई लाईफ इन्स्योरेन्सबीच बैंकान्स्योरेन्स सम्झौता भएको छ । सम्झौता अनुसार बैंकका सबै शाखा मार्फत आईएमई लाईफका जीवन बीमा पोलिसी खरिद गर्न सक्नेछन ।

बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चन्द्र भट्टले सो सम्झौतामा हस्ताक्षर गरेका छन । बैंकले २ सय ७० शाखा, २ सय ८५ एटिएम, ३७ एक्सटेन्सन काउण्टर तथा २० शाखारहित बैंकिङ मार्फत सेवा प्रदान गर्दे आईरहेको छ ।

बैंकको वासलातको आकार २ अर्ब ११ करोड रुपैयाँ भन्दा बढि पुगेको छ भने कुलनिक्षेप करिब १ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ । बैंकको कुलकर्जा भने करिब १ अर्ब ४४ करोड रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL