Logo

ज्योति विकास बैंकको शाखा आँबूखैरेनीमा, थप ९ शाखा विस्तार गर्दै

ज्योति विकास बैंकको शाखा आँबूखैरेनीमा, थप ९ शाखा विस्तार गर्दै



काठमाडौं । ज्योति विकास बैंकले तनहुँको आँबूखैरेनीमा शाखा विस्तार गरेको छ ।

तनहुँको आँबूखैरेनी गाउँपालिका वडा नं ३ मा विस्तार गरेको उक्त शाखाको आँबूखैरेनी गाउँपालिका अध्यक्ष गिर बहादुर थापा तथा बैंकका अध्यक्ष हरि चन्द्र खड्काले मंगलबार संयुक्त उद्घाटन गरेका छन ।

बैंकले ८१ शाखा तथा २२ एटिएम मार्फत सेवा प्रदान गर्दे आईरहेको छ भने यसै आर्थिक वर्ष भित्र थप ९ शाखा तथा २७ स्थानमा एटिएम संचालनमा ल्याउने भएको छ ।

बैंकले २३ अर्ब रुपैयाँ भन्दा बढि निक्षेप संकलन गरी १८ अर्ब ८० करोड रुपैयाँ भन्दा बढि ऋण लगानी गरेको छ । बैंकको हालको चुक्तापूँजी २ अर्व ५९ करोड रुपैयाँ कायम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL