Logo

ज्योति विकास बैंकको शाखा कास्कीको घान्द्रुकमा, शाखा संख्या ८१ पुग्यो

ज्योति विकास बैंकको शाखा कास्कीको घान्द्रुकमा, शाखा संख्या ८१ पुग्यो



काठमाडौं । ज्योति विकास बैंकले कास्कीको घान्द्रुकमा शाखा संचालनमा ल्याएको छ ।

सोमबार देखि संचालनमा ल्याएको उक्त शाखाको अन्नपूर्ण गाउँपालिकाका वडा अध्यक्ष कुमार गुरुङ तथा बैंकका अध्यक्ष हरि चन्द्र खड्काले संयुक्त उद्घाटन गरेका छन ।

बैंकले ८१ शाखा तथा २२ एटिएम मार्फत सेवा प्रदान गर्दे आईरहेको छ । भने यसै आर्थिक वर्ष भित्र थप ९ शाखा तथा थप २७ स्थानमा एटिएम संचालनमा ल्याउने भएको छ ।

हालसम्म बैंकले २३ अर्ब रुपैयाँ भन्दा बढि निक्षेप संकलन गरी १८ अर्ब ८० करोड रुपैयाँ ऋण लगानी गरेको छ । बैंकको हालको चुक्तापूँजी २ अर्व ५९ करोड रुपैयाँ कायम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL