काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो नयाँ शाखा झापा बजारमा संचालनमा ल्याएको छ ।
बैंकले आईतबार एक कार्यक्रमका बीच झापाको झापा बजारमा उक्त शाखा संचालनमा ल्याएको हो ।
बैंकले संचालनमा ल्याएको उक्त शाखाको झापा गाउँपालिकाका अध्यक्ष जय नारायण शाहले उद्घाटन गरेका हुन ।
बैंकले हाल देशभर २ सय ७० शाखा, २ सय ८५ एटिएम, ३७ ओटा एक्सटेन्सन काउन्टर तथा २० ओटा शाखारहित बैंकिङ सेवामार्फत सेवा संचालन गर्दै आईरहेको छ ।